Showing posts with label Movie Reviews. Show all posts

युद्धकी बोक्सीको अनौठो प्रेमकथा

Movie Reviews


नेपालको सशस्त्र द्वन्द्वमा कति बालबालिका प्रयोग गरिए ? तिनीहरुको नियति के कस्ता थिए ? भन्ने सम्बन्धमा सायद किताबहरु कमै लेखिएका होलान् र चलचित्रहरु बनेका पनि छैनन् होला तर गणतान्त्रिक कङ्गोमा युद्धमा बालबालिकालाई कसरी प्रयोग गरिन्छ र उनीहरुले भोग्नुपर्नेको नियतिहरुलाई सिलसिलाबद्ध चाक्लाबन्दी गर्दै किम न्ययेनले फिचर फिल्म निर्माण गरेका छन् : वार वीच । थुप्रै विदेशी अवार्ड जितेको यस फिल्मले अस्करमा विदेशी फिल्म अन्र्तगत सूचिकृत भएको थियो ।  यसले अस्कर नजिते पनि सम्मोहनकारी कथा र कलात्मक निर्देशन पक्षले किमलाई लोकप्रियताको पात्र बनाइदिएको छ ।