Showing posts with label bOOkworm. Show all posts

पुस्तक मेरो प्रेमी हो : नेहा शर्मा

bOOkworm

दिल्ली पब्लिक स्कुलबाट प्लस टु सिध्याएकी नेहा शर्मा पुस्तक अध्ययनलाई आफ्नो महत्वपूर्ण काम ठान्छिन् । राष्ट्रिय पत्रिकाहरूमा कथा, नियात्रा, संस्मरण र समीक्षा प्रकाशन गर्ने शर्मा बाल्यकालदेखि नै अध्ययनशील हुन् । किताबलाई आफ्नो प्रेमी ठान्ने र नियमित ब्लग लेख्न रुचाउने शर्मासित गरिएको किताबी गफ :

फेसबुकमा आफ्नो नाममा मुराकामी जोड्नुभाको किन ?
हाहाहा... प्रिय लेखक हारुकी मुराकामीप्रति मेरो ट्रिब्युटहो । प्रत्येक तीन पृष्ठमा उनले दिने सरप्राइजमलाई औधी मन पर्छन्, जुन अप्रत्यासित र अकल्पनीय हुने गर्छन् । म उनका सिर्जनालाई मन पराउँछु किनभने तिनीहरूले मभित्रको पाठकलाई जगाउँछन् ।

अहिले के पढ्दै हुनुहुन्छ ?
म अहिले Fyodor Dostoyevsky को छोटा कथाहरू पढ्दै छु । उनलाई त्यत्तिकै अस्तित्ववादको पिताभनिएको होइन रहेछ ।

यसपछि कुन किताब पढ्ने सोच छ ?
यसपछि म Haruki Murakami कै नयाँ उपन्यास Colorless Tsukuru Tazaki and His Years of Pilgrimage

तपाईंको मनपर्ने विधा ?
मलाई आख्यान मन पर्छन् । आख्यानले जीवनको विषम परिस्थितिमा एउटा सुरक्षित घर दिन्छन् । किनभने, कहिलेकाहीं संसार असाध्यै विषम बनिदिन्छ । हामीले त्यो संसार छोड्नुपर्ने हुन्छ । र, त्यतिखेर दुई विकल्प छान्नुपर्ने हुन्छ, कि सुसाइड कि किताब ।

एकदमै मनपरेका सात किताबको नाम लिनुपर्दा ?
— Harper Lee को To Kill a Mockingbird’, Arthur Golden को Memoirs of a Geisha, लैनसिंह वाङ्देलको मुलुक बाहिर’, Haruki Murakami को The Wind-Up Bird Chronicle’, Chinua Achebe को Things Fall Apart’, अमर न्यौपानेको सेतो धरतीर मनु मन्जिलको ल्याम्पपोस्टबाट खसेको जून

जीवनमा कुनै किताबी पात्रले प्रभाव पारेका छन् ?
मलाई एकदमै प्रभाव पारेको पात्र To Kill a Mockingbirdकि Jean Louise “Scout” Finch अर्थात् स्काउट हुन् । उनलाई Harper Lee ले एकदमै अबोध तर साहसी पात्रको रुपमा उभ्याएकी छिन् । उनीभित्रको जिज्ञासा, साहस र पढाइप्रतिको मोहले गर्दा नै म स्काउटप्रति आकर्षित भएँ । स्काउट फिन्च एउटी यस्ती बालिका हुन्, जो आफ्नो पारिवारिक मार्यदाको लागि खडा हुन्छिन् । आफ्नो बुबाको इज्जतका लागि जे गर्न पनि तयार हुन्छिन् । त्यसो गर्दा उनलाई अनेकन समस्या आइपर्छन् तर परिवार, छरछिमेकी र आफूमा आइपरेका समस्या खेप्नुपरेका कारण उनलाई सानै उमेरमा परिपक्वताको अनुभव हुन्छ, जुन उनका उमेरका अरू केटाकेटीमा विरलै पाइन्छ ।

किताब पढ्दा निरास भएको कुनै सम्झना ?
सानै उमेरमा मैले नेपाली साहित्य पठनको सुरुवात कृष्ण धरावासीको राधाउपन्यासबाट गरेकी हुँ । राधा पढेर म अत्यधिक रोएकी थिएँ । मेरो बाल मस्तिष्कले राधाकृष्णको विवाह होस् भन्ने ठानेको थियो । अन्त्यमा त्यस्तो भएन । उपन्यासमा जे लेखे नि हुन्छ ?’ भनेर मैले कृष्ण धरावासीलाई दोषी ठान्दै इमेल गरेकी थिएँ । उहाँले राधाकृष्णको प्रेमकथा, यसको वास्तविकता र नियतिबारे मलाई सम्झाउनुभएको थियो ।

कहाँबाट किताब प्राप्त हुन्छ ?
इटहरीमा फाट्टफुट्ट किताब मात्र पाइन्छन् । त्यो पनि अङ्ग्रेजीको किताब त फिटिक्कै पाइँदैनन् । त्यसो हुँदा म धेरैजसो इबुक नै पढ्ने गर्छु । कहिलेकाहीं बुकवर्म झम्सीखेलबाट कुरियर हुँदै आइपुग्छ । बाबालाई किताब ल्याइदिन अनुरोध गर्छु ।

महिनामा औसत कति रकम किताबमा खर्च हुन्छ ?
यस्तै गर्छु भन्ने हुँदैन । इबुक पढ्दा पैसा खर्च हुँदैन । किताब किनेर पढ्दा मन लाग्यो भने औसत महिनामा दुई हजार जति खर्च हुन्छ । अहिले म विद्यार्थी भएकाले चाहे जति खर्च गर्न सकेकी छैन ।

पढ्न कस्तो वातावरण चाहिन्छ ?
चाखलाग्दो किताब फेला पर्यो भने बाहिरी वातावरणले कुनै असर पार्दैन । एकदमै भिडभाड एवम् होहल्लामा कोही पनि पढ्न सक्दैन तर मलाई पढ्दा एकदमै शान्त वातावरण चाहिने नै पनि होइन । प्रायः ओछ्यानमै बसेर पढ्छु । कतिपय समय टेबलकुर्सीमा बसेर पनि पढ्छु । मुड अनुसार हुन्छ ।


किन पढ्नुहुन्छ ?
म आत्मसन्तुष्टिका लागि पढ्छु । पढ्दा ज्ञान पनि प्राप्त हुन्छ तर ज्ञान प्राप्त गर्नकै लागि मात्र पढिँदैन । जस्तै अरू मान्छेलाई खाना, बस्न र सुत्न अनिवार्य छ, मलाई लाग्छ, मेरा लागि पनि किताब पढ्न अनिवार्य छ । मेरो लागि किताबको उति नै महत्व छ जति अरू कुराको छ । पुस्तक मेरो प्रेमी हो । र, हामी एकअर्काबिना अधुरा छौं ।

पढ्ने बानी कसरी लाग्यो ?
हाम्रो घरमा थुप्रै किताबहरू छन् । रिडर्स डाइजेस्ट’, हिन्दी, अङ्ग्रेजीदेखि बङ्गाली किताबहरू पनि छन् । सानैदेखि बाबामामुले पढिराखेको देखेर होला ममा पढ्ने लत लाग्यो । कक्षामा शिक्षकहरू पनि साहित्यकार हुनुहुन्थ्यो । त्यसमध्ये एक मनु मन्जिल हुनुहुन्छ । उहाँ कक्षामा आउँदा प्रायः जहिल्यै साहित्यिक किताब बोकेर आउनुहुन्थ्यो, त्यो किताबबारे चर्चा गरेपछि मात्रै पढाउन सुरु गर्नुहुन्थ्यो । पहिलापहिला त उहाँको प्रशंसा पाउनकै लागि मात्र भए पनि पढ्थें । तर, पछि बानी लाग्दै गयो, रमाइलो लाग्दै गयो । उपन्यास पढ्दा मलाई फिल्म हेरे झैं लाग्छ ।

कुन समय औधी किताब पढ्नुभयो ?
मैले ११/१२ कक्षामा हुँदा औधी किताब पढें । कक्षा १० बाट एक्कासी ११ मा उक्लिँदा जोसुकैलाई आफ्नो पढाइप्रतिको तनाव बढ्छ । मैलै ती दिनहरूमा आफ्नो तनावलाई भगाउन थुप्रै किताब पढें ।

कलेजका युवापुस्ताले पढ्नैपर्ने किताब ?
यस्तै किताब पढ्नुपर्छ भन्ने तोकेर भन्न सक्दिनँ । तर, अहिलेको समाजमा सबै कुराको ज्ञान आवश्यक भएकाले प्रेमप्रणय, रोमान्ससम्बन्धी किताब मात्र नभएर धर्म, विज्ञान, दर्शन आदि साहित्यिक महत्व बोकेका किताबहरू पढ्न जरुरी छ । पढ्दै गएपछि आफूले पढ्नुपर्ने किताबहरू छान्न उत्साहित भइँदो रहेछ ।


पढाइ वासना हो

bOOkworm

—वरुण बज्राचार्य, लेखक
वरुण बज्राचार्यको कथाकृति ‘सिन्स अफ् लव’ प्रकाशित छ । भारतबाट प्रकाशित कथा सङ्ग्रह ‘लव एन्ड प्यासन’, ‘द ट्रथ विनिथ द रोज’, ‘द जेस्ट अफ् इन्किङ्ग्स’, ‘यु, मि एन्ड जिन्दगी टु’, ‘वन्स अपन अ टाइम’मा सहलेखन गरिसकेका बज्राचार्य युएसएडमा कार्यरत छन् । पेन इन्टरनेश्नलका नेपाल च्याप्टर एवम् ट्रेडिसनल पोइट्री राइटर्स एसोसिएसन अफ् द वल्र्डका सदस्य भइसकेका वरुणका कथा, कविता, नियात्रा, हाइकु, सिजो र लेखहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित भइसकेका छन् । सन् २०१३ को दक्षिण कोरियामा सम्पन्न भेलामा सहभागी नौ देशहरूबीच आफ्नो अर्थात् नेपाली कविताको प्रभाव छाड्न सफल यी लेखकसँगको किताबी गफः

अहिले के पढ्दै हुनुहुन्छ ?
  • म अहिले विलियम गोल्डिङको ‘लर्ड अफ् फ्लाइज’ पढ्दै छु ।

यसपछि कुन किताब पढ्ने सोच छ ?
  • मसित पढ्ने किताबका लिस्ट प्रशस्तै छन् । यसपछि म सलमान रुस्दीको ‘सेटानिक भर्सेज’ पढ्न उत्साहित छु ।

तपाईंको मनपर्ने विधा ?
  • नन–फिक्सनमा त्यति पसेको छुइनँ । गद्यमा मैले रोमान्सदेखि थ्रिलरसम्मका किताब पढेको छु । विशेषतः म कथाहरू पढ्न रुचाउँछु ।

कस्ता प्रकारका कथा पढ्न मन पराउनुहुन्छ ?
  • भावात्मक कथाहरू पढ्न रुचाउँछु । ती कथाहरू जसले मेरो हृदय तरङ्गित पार्छन् । ट्राजिडी उपन्यास तथा कथाहरूले भावनाको उचाइसम्म पु¥याउँछन् ।

नेपाली कथाको प्रवृत्ति कस्तो देख्नुहुन्छ ?
  • नेपाली कथाको प्रवृत्ति उकासिँदै छ, यसको बजार पनि दू्रततर गतिमा बढ्दै गरेको प्रतीत हुन्छ ।  महेशविक्रम शाह र कुमार नगरकोटी जस्ता कथाकार भएका हुनाले भविष्य सुगम देख्छु । आशा छ, नेपाली कथा–जगत्मा थुप्रै कुमार नगरकोटीहरू जन्मिऊन् ।

एकदमै मनपरेका सात किताबको नाम लिनुपर्दा ?
  • सिड्नी सेल्डनको ‘बेस्ट ल्याड प्लान्स’, हर्मन हेस्सेको ‘सिद्धार्थ’, मिच आल्बमको ‘द टाइम किपर’, सम्राट उपाध्यायको ‘गुरु अफ् लभ’, टोनी मरिसनको ‘विलवेड’, महेशविक्रम शाहको ‘अफ्रिकन अमिगो’ र नारायण वाग्लेको ‘पल्पसा क्याफे’ रहेका छन् ।

जीवनमा कुनै किताबी पात्रले प्रभाव परेका छन् ?
  • हर्मन हेस्सेको उपन्यासको पात्र सिद्धार्थबाट प्रभावित छु । यसमा गौतम बुद्धको समयलाई कथाबद्ध गरिएको छ । दार्शनिक चिन्तन र आख्यानिक व्याख्या कवितात्मक छ । कथा शान्त नदीझैं बगेको प्रतीत हुन्छ । लेखक वैयक्तिक अनुभवले शान्ति र सुखको अनुभव नगरिकन अर्काले थुपरिदिएको ज्ञान र सीपबाट शान्ति र सुखको अनुभूति हुन सक्दैन भन्छन् । वास्तवमा सिद्धार्थ यही मानेमा फकिर हुन् । यहाँ एउटा बाटो मात्रै छैन, वास्तविक सत्यता खोज्न सबै जनाले एउटै बाटो तय गर्नुपर्छ । पात्र सिद्धार्थ गौतमासितको भेटमा यसप्रकार आत्मिक चेतना प्राप्त गर्छ । गौतमाको शान्त व्यक्तित्वबाट सिद्धार्थ प्रभावित हुन्छ र आफू पनि त्यस्तै व्यक्ति हुन चाहेको मनशाय राख्छ । तर, अन्त्यमा उसले बुझ्छ कि गौतमाको शिक्षाले उसले खोजेको बाटोमा पु¥याउँदैन र आफ्नै बाटोको खोजीमा लाग्छ ।

कुन किताब पढ्दा तपाईं निरास हुनुभयो ?
  • पारिजातको शिरीषको फूल । प्रायशः  यसप्रकारका सबै उपन्यासहरू एकसुरका हुन्छन्, बीचमा कतै आएका ‘टुइस्ट’ले एकछिन् उत्तजेनाको चोइटो देखाउँछ । मैले यो उपन्यासमा निराशावादी दृष्टिकोण भेट्टाएँ । कथावाचकको उवाच निरस लाग्छ अनि उनको यो उपन्यासको लेख्नुको उद्देश्य भनेको पीडालाई मात्र देखाउनु हो भन्ने लाग्यो । जोहन ग्रीनले ‘द फल्ट इन आवर स्टार्स’ लेखे । यहाँ पीडा नै अनुभूत गर्न लगाउँछ । खाली पीडै–पीडा, आशाको एक औंश पनि छैन । सायद पारिजात पनि यही चाहन्थिन् । सायद त्रासदी (ट्राजेडी)ले सबैलाई आकर्षित गर्छ । अनि ट्राजेडी नै हो जसले हामी जस्तो असहाय आत्माहरूलाई जोड्छ ।

कहाँबाट किताब प्राप्त गर्नुहुन्छ ?
  • कहिलेकाहीं म जमलको एजुकेसनल बुक हाउसबाट किन्छु । अरु बेला म इन्टरनेटबाट इ–बुक्स डाउनलोड गर्छु । प्रायशः म सेकेन्ड–ह्यान्ड बुक खोज्दै फुटपाथमा पनि हिँड्ने गरेको छु । भर्खरै मैले ५० रुपैयाँमा विलियम फल्कनरको ‘पाइलान’ किनें । किताब एकदमै ठिक थियो । विशेष उपलक्ष्यमा मेरी अर्धाङ्गनीले पनि किताब उपहार दिने गरेकी छिन् ।

महिनामा औसत कति रकम किताबमा खर्च गर्नुहुन्छ ?
  • किताबमा मासिक दुई हजार रुपैयाँ जति खर्च गर्छु । यद्यपि म मितव्ययी हुन्छु अनि इ–बुकमै भर पर्छु । तर, यो किञ्चित् राम्रो प्रवृत्ति होइन ।

केमा बसेर पढ्न रुचाउनुहुन्छ ?
  • म प्रायः अफिसमा काम नहुँदा पढ्ने गर्छु । मेरो आरामदायी कुर्सीमा बस्छु, किताब खोल्छु अनि किताबी संसारमा हराउँछु ।

पढ्न कस्तो वातावरण चाहिन्छ ?
  • एक लेखकले पढ्न एयर कन्डिसनसहितको कोठा, शानदार सोफा एवम् चर्चित लेखकको महँगो किताब चाहिँदैन । फुटपाथमा बसेर फाटेको किताब पढ्दा हुन्छ भनेका थिए । पढाइ भनेको वासना हो, विलासिता होइन । पढ्न परिवारको साथ पनि चाहिन्छ । म भाग्यमानी छु कि मेरो लेखपढमा बुबा र श्रीमतीबाट धेरै सहयोग पाएको छु ।

कलेजका युवापुस्ताले पढ्नैपर्ने किताब ?
  • कलेज जाने युवाहरूले सर्वप्रथम सजिला लेखक पढून् जस्तै इरिक सेगल अनि चेतन भगत । पछि गम्भीर लेखक जस्तै एमली ब्रोन्ट अनि थोमस हार्डी पधढ्दा भो । पढ्ने बानी सुदृढ नबनाइकन ‘युलिसिज’ अथवा ‘हन्ड्रेड इयर्स अफ् सोलिच्युड’ पढ्न कष्टप्रद हुनसक्छ । कथाहरूबाटै पढ्न सुरु गर्दा बेस हुन्छ, जस्तै, शुष्मा जोशी, एलिस मुन्रो, रोअल दाल, चाल्र्स डिकिन्स, फ््रयान्क ओ’कोनर । कविता पढ्दा चाहिँ ल्याङ लिव । जब पठन सुदृढ बन्छ तब आफ्नो स्वादअनुसारको छानेर पढ्दा भो । कलेजका विद्यार्थीहरूका लागि महेशविक्रम शाहको ‘अफ्रिकन अमिगो’ पढ्न सुझाउँछु । यसले नेपाली ग्रामीण परिवेशको चित्र चित्ताआकर्षक रूपले खिचेको र अनि आञ्चलिक भाषा प्रयोग गरिएको छ ।

पढ्ने बानी कसरी लाग्यो ?
  • म सानैदेखि छिटपुट कविता एवम् बालकथा लेख्नमा चासो राख्थें । कस्तो मूर्ख भने म, पढाइको आनन्द पछि गएर मात्र थाहा पाएँ । मैले यस्तरी पढ्न थालेको पाँच/छ वर्ष मात्र भयो । चेतन भगतबाट सुरु गरें र अहिले हर्मन हेस्सेसँग छु ।

कुन समय औधी किताबपढ्नुभयो ?
  • मैले स्नात्तकोत्तर गर्दा औधी पढें । त्यतिखेर म बेरोजगार थिएँ र पढ्नका लागि पर्याप्त समय प्राप्त हुन्थ्यो ।

किताबी संसारमा हराएकी हुन्छु

bOOkworm

मुना बर्तौला, विद्यार्थी

रसायनशास्त्रमा स्नातक गर्दै गरेकी मुना बर्तौला अध्ययनसँगसँगै फोटोग्राफीमा पनि उत्तिकै चासो राख्छिन् । उनी जहिल्यै नूतन ठाउँ घुम्न र प्राकृतिक दृश्यलाई आफ्नो क्यामेरामा कैद गर्न लालायित हुन्छिन् । आफ्नो सौखिन छविप्रति दह्ग पर्दै उनी भन्छिन्, Èघुम्न जाने निर्णय हुनासाथ कतिखेर बस–स्टेन्ड पुग्नु हुन्छ ।É उनी आफूलाई पुस्तकले नै कल्पनाशील बनाएको र सधैं किताबी–संसारमा हराइरहने बताउँछिन् । उनीसितको भेटमा भएको किताबी गफ:

अहिले के पढ्दै हुनुहुन्छ ?
  • आजकल म फिदोर दोस्तोएभेस्कीको ‘क्राइम एन्ड पनिस्मेन्ट’ पढिरहेको छु । दोस्तोएभेस्कीको मनोविश्लेषणात्मक लेखनीले मलाई तानिरहेको छ ।

यसपछि कुन किताब पढ्ने सोच छ ?
  • यसपछि दुई कृतिप्रति मेरो नजर परेको छ । चिमामान्डा नोग्जी एडिचीको ‘अमेरिकानाह’ र रामेश कोइरालाको ‘कोपिला आश्रम’ । सायद यही पढ्छु ।

तपाईको मनपर्ने विधा ?
  • प्रायः फिक्सन मनपर्छ । यद्यपि अध्ययनलाई फराकिलो बनाउन विषय र सन्दर्भ अनुसार नन–फिक्सन पनि पढ्न रुचाउँछु ।

एकदमै मनपरेका सात किताबको नाम लिनुपर्दा ?
  • पारिजातको शिरीषको फूल, जोस्टिन गार्डनरको सोफिज वल्र्ड, बुद्धिसागरको कर्नाली ब्लुज, अरुणन्धती रोयको गड अफ् स्मल थिङ्स, खालेद हुसेनीको काइट रनर, हा जिनको वेटिङ, लियो टोल्सटोयको अन्ना कारेनिना रहेका छन् ।

कुन किताब पढ्दा तपाई निरास हुनुभयो ?
  • चेतन भगतको रिभोलुसन ट्वान्टी–ट्वान्टी, पाउल्हो कोहेल्होको दी एल्फ र मारियो बारगास, ल्होसाको ब्याड गर्लले मलाई निरास बनायो । बेकारमा पढेछु जस्तो लाग्यो ।

कहाँबाट किताब प्राप्त गर्नुहुुन्छ ?
  • आजकल पठन संस्कृतिको विकास भइरहेको छ । पढ्ने चाहना मात्र राख्नुपर्छ किताबको चिन्ता गर्नुपर्दैन । साथीहरुबाट पनि साटफेर गरेर पढिन्छ । अचेल त इबुक्सको जमाना छ । एकै क्लिकमा किताब तपाईको कम्प्युटरमा आउँछ ।

महिनामा औसत कति रकम खर्च गर्नुहुन्छ ?
  • ठिक्क खर्च गर्छु । विद्यार्थी भएकोले मनग्य खर्च गर्न के सकिन्थ्यो र ? चलेका नेपाली लेखकका किताबहरु किन्न कन्जुस्याइँ गर्दिन् । पढ्नै पर्ने किताब जसरी नि पढिन्छ । इबुक्सले मेरो किताबी इच्छा पूरा गर्छ ।

केमा बसेर पढ्न रुचाउनुहुन्छ ?
  • फुर्सद हुनुप¥यो अनि किताब हुनुप¥यो । जहाँ पनि सुरु गरिहाल्छु । कतिपय बेला लामो यात्रामा बसमै पनि पढिरहेको हुन्छु । पढाइको आसन बताउनु पर्दा बेडमा ढल्किएर पढ्छु ।

तपाईलाई मन परेका सिनेमा ?
  • सिनेमा हेर्न रुचाउँछु । द वे ब्याक, जब वी मेट र हालसालै हेरेको क्विन हाइवे तथा ब्लु जास्मिन एकदमै मनपरेका सिनेमा हुन् ।

कलेजका युवापुस्ताले पढ्नैपर्ने किताब ?
  • आफ्नो अस्तित्वको पहिचान गर्न पारिजातका सम्पूर्ण कृति । नारायण वाग्लेको पल्पसा क्याफे । खालेद हुसैनीको काइट रनर, एन्ड द माउन्टेन्स इकोड र थाउजेन्ड स्प्लेन्डिड सन्स अनि देवकोटाको मुनामदन ।

पढ्न कस्तो वातावरण चाहिन्छ ?
  • एकदम एकान्त । पढुन्जेल कसैले आवाज नै ननिकालोस् जस्तो लाग्छ । किताबी संसारमा हराएको हुन्छु ।

पढ्ने बानी कसरी लाग्यो ?
  • घरमा पढन्ते वातावरण छ । सबै जना पढ्न मन पराउनुहुन्छ र पढ्नुपर्छ बनिरहनुहुन्छ । सानैदेखि बाबाले किताब ल्याइदिने गर्नुहुन्थ्यो । उहाँले किताब पढ्न दिने र पढिसकेपछि सोध्ने गर्नुहुन्थ्यो । बाबाले सोध्नुहुन्छ भनेर पढ्ने गर्थे । तर, बिस्तारै बानी लाग्यो, नपढी बस्न नसक्ने भएँ ।




पढाइको तिर्खा जे गरेर पनि मेटाउँछु

bOOkworm
केन सुवेदी, समीक्षक एवम् स्तम्भकार

केन सुवेदी रार्ष्ट्रिय दैनिकहरुमा समीक्षा तथा लेखहरु लेख्छन् । अह््ग्रेजी दैनिक द हिमालयन टाइम्स, रिपब्लिका एवम् द राइजिह् नेपालमा आफ्ना अभिव्यक्ति प्रकाशित गरिरहने सुवेदी अध्ययनशील छन् । शैक्षिक पाठ्यपुस्तक, सूचना प्रविधि र युवाका सवालमा प्रायः कलम चलाउने सुवेदी लिभिह् विद आइसिटीसित सम्बन्धित छन् । अह््ग्रेजी साहित्यमा स्नातक गरिसकेका सुवेदीसँग भएको किताबी गफ:

अहिले के पढ्दै हुनुहुन्छ ?
  • अहिले म अल्बर्ट कामुको ‘द स्ट्रेन्जर’, प्रवीण अधिकारीले अनुवाद गरेको ‘च्याप्टर्स’ र सुरेश प्राञ्जलिको ‘तुइन’ पढ्दै छु ।

यसपछि कुन किताब पढ्ने सोच छ ?
  • प्रवीण अधिकारीको ‘भ्यानिसिङ एक्ट’ र गाब्रिएल गार्सिया मार्खेजको ‘वन हन्र्डेड इअर्र्स अफ् सोलिच्युड’ पढ्नेछु ।

तपाईको मनपर्ने विधा ?
  • आख्यान । त्यसमाथि पनि कथा । उपन्यास पनि मन पर्छन् तर त्यो भन्दा बढी कथा रोजाइमा पर्छन् ।

एकदमै मनपरेका सात किताबको नाम लिनुपर्दा ?
  • मन परेका किताबहरूमा सम्राट उपाध्यायको ‘गुरु अफ् लभ’, अर्नेस्ट हेमिङ्वेको ‘ओल्ड म्यान एन्ड द सी’,  चाल्स डिकेन्सको ‘द टेल अफ् टु सिटिज’, एफ. स्कट फिट्जेराल्डको ‘द ग्रेट ग्याट्स्बी’ साथै एन्टोन चेखव र मोपासाँका कथाहरू पर्छन् ।

कुन किताब पढ्दा तपाई निरास हुनुभयो ?
  • पाउलो कोहेल्होको ‘भेरोनिका डिजाइड्स टु डाइ’, शिवानी न्यौपानेको ‘मोनिकाः पिसेज अफ् पर्फेक्ट’, चेतन भगतको ‘वन नाइट एट द कल सेन्टर’ यस्तै यस्तै ।

कहाँबाट किताब प्राप्त गर्नुहुुन्छ  ?
  • प्रायः मनपरेका किताब किन्ने गर्छु । कतिपय अवस्थामा पढन्ते साथीहरूबाट किताब मागेर पढ्छु । पढाइको तिर्खा जे गरेर पनि मेटाउँछु ।

महिनामा औसत कति रकम खर्च गर्नुहुन्छ  ?
  • महिनामा दुई वटा किताब किनेको हुन्छु, औसतमा एक हजार खर्छ हुन्छ । यद्यपि आजकल बग्रेल्ती किताब सावर्जनिक हुन्छ, त्यसकारण कृतिको ओजअनुसार महिनामा दुई हजार पनि खर्च हुन्छ । मन परेको किताब र पढ्नैपर्ने किताब किन्न म हिच्किचाउँदिन ।

केमा बसेर पढ्न रुचाउनुहुन्छ  ?
  • म एकै ठाउँमा बसेर पढ्न सक्दिनँ । ठाउँ फेरिरहन्छु । कहिले टेबलमा र कहिले ओछ्यानमा ढल्केर पढ्छु ।

कुनै किताबमा आधारित मनपरेका पाँच फिल्मको नाम लिनुपर्दा ?
  • द भिन्ची कोड, टु स्टेट्स, द नोटबुक, द ग्रिन माइल र फोरेस्ट गम्प ।

कलेजका युवापुस्ताले पढ्नैपर्ने किताब ?
  • चाल्स डिकिन्सको ‘द ग्रेट एक्सपेक्टेसन्स्’, झुम्पा लाहिरीको ‘द इन्टरप्रेटर अफ् मालाडिज्, मर्कुस जासुकको ‘द बुक थिफ’, हेमिङ्वेको ‘द ओल्ड म्यान एन्ड द सी’ र जर्ज अरवेलको ‘एनिमल फार्म’

पढ्न कस्तो वातावरण चाहिन्छ ?
  • वातावरण शान्त नै रुचाउँछु । बेलुकाको समय अथवा बिहानको मिर्मिरेको समयमा बढी पढिरहेको हुन्छु ।

पढ्ने बानी कसरी लाग्यो ?
  • घरको वातावरण नै मान्छु । केटाकेटीमा मेरो कोठामा प्रशस्त बालपत्रिकाहरू हुन्थे । अनि आमा बुबाको पनि पढ्ने र पढाउने क्षेत्र भइदिएकाले त्यो वातावरण आफैं बन्थ्यो । सानोदेखि नै मेरो लेखक बन्ने चाहना थियो, बाबाले भन्नुहुन्थ्यो, ‘पढ्नेले मात्र लेख्न सक्छ ।’ त्यसैको शिरोपर अहिले पनि गर्दै छु ।


पढ्दा समय बितेको पत्तो हुँदैन

bOOkworm

सगुना शाह डिल्लीबजार कन्या क्याम्पस काठमाडौंमा स्नातक तहलाई अङ्ग्रेजी साहित्य र सिल्भर माउन्टेन स्कुल अफ् होटल म्यानेजमेन्टमा स्नातक तहलाई फ्रेन्च भाषा र व्यापार सञ्चार अध्यापन गर्नुहुन्छ । उहाँ पठन संस्कृतिको वृद्धि–विकास लागि फेसबुकमा चर्चित बुकाहोलिक्स पेजको सञ्चालक हुनुहुन्छ । विभिन्न साहित्यिक सङ्गोष्ठीहरुमा समीक्षक तथा सहजकर्ताको रुपमा पनि भूमिका निर्वाह गर्दै आउनुभएकी शाहसँग भएको गफ:

अहिले के पढ्दै हुनुहुन्छ ?
  • नोबेल पुरस्कार विजेता John Steinbeck को Of Mice and Men र महेशविक्रमको ज्याक्सन हाइट पढ्दैछु । प्रायः एउटा अङ्ग्रेजी र नेपाली किताब साथसाथै पढ्ने बानी छ ।

यसपछि कुन किताब पढ्ने सोच बनाउनुभएको छ ?
  • पढ्ने किताबको लामै लिस्ट हुन्छ र हाल पढिरहेको किताब सकेपछि कस्तो मुड हुन्छ त्यसैमा भरपर्छ । तर, अहिले भन्नुपर्दा Vikram Seth को Two Lives अथवा Alex Hailey को Roots पढ्छु होला । नेपालीमा टङ्क चौलागाईको काठमाण्डू गीत पढ्ने विचार छ ।

पछिल्लो समयमा पढ्नुभएको नेपाली पुस्तक ?
  • गोविन्द वर्तमानको हरियो साइकल, नयनराज पाण्डेको लू, हरिवंश आचार्यको चिना हराएको मान्छे, शारदा शर्माको ताप, उमा सुवेदीको तोदा, अजित बरालको फस्र्ट लभ, सुविन भट्टराईको समर लभ र विद्या सापकोटाको नीलो तृष्णालगायतका छन् ।

पढ्ने बानी कसरी लाग्यो ?
  • सानो छँदादेखि नै पत्रिका, बालकथा, कमिक्स पढ्ने बानी थियो । तर, धेरै किताब पढ्ने अठोट चाहिँ स्नातकोत्तर गरिसकेपछि लिएँ । सन् २००७ देखि नियमित रुपमा समर्पित भएर पढ्न थालेँ ।

एकदमै मनपरेका सात किताबको नाम लिनुपर्दा ?
  • सात वटाकै सूचीमा राख्न कठिन छ । त्यही पनि अहिले सम्झेर भन्नुपर्दा हर्मन हेस्सेको Siddhartha, अजर नफिसीको Reading Lolita in Tehran, जेफ्रे युजेनाइड्सको Middlesex, जिन सासनको Growing Up in Laden, गुरुचरण दासको The Difficulty of Being Good, मिच आल्बमको Tuesdays with Morrie, पाउल थेरक्सको Ghost Train to Eastern Star, पीजी तेन्जिङको Don't Ask the Old Bloke for Directions ।

तपाईको मनपर्ने विधा ?
  • मलाई नन–फिक्सन मनपर्छ । खासगरी संस्मरणात्मक पुस्तक बढी पढ्छु । पछिल्लो समयमा सबैभन्दा गाह्रो लाग्ने विधा कवितामा रुचि बढ्दैछ ।

तपाईं कहाँबाट किताब प्राप्त गर्नुहुन्छ ?
  • धेरैजसो झम्सिखेल ललितपुरको बुकवम्र्सबाट लिन्छु । किनकि किताब लिन भनेरै त्यहाँ पुगिरहनुपर्दैन, घरमै आइपुग्ने भएकाले सजिलो छ । पिलग्रिम्स बुक्स र मण्डला बुक प्वाइन्ट पनि बाटो पर्दा निस्कन्छु । खाली हात नफर्कने ठाउँ चाहिँ विदेश भ्रमणमा रहँदा विमानस्थलका पुस्तक पसलबाट किन्छु ।

महिनामा औषत कति रकम खर्च गर्नुहुन्छ ?
  • निश्चित यति नै भन्ने छैन । पुस्तक पसलमा छिरिसकेपछि साथमा भएको रकमले भ्याएसम्म किन्छु । बुकवम्र्सबाट उधारो पनि पाउँछु । तर, किताब किनेरै पढ्दा मजा लाग्छ ।

तपाईलाई पढ्ने वातावरण कस्तो चाहिन्छ ?
  • पढ्नको लागि विशेष ठाउँ र वातावरण चाहिँदैन । जस्तो ठाउँमा पनि पढ्न सक्छु । प्रायजसो आफ्नो कोठाको एकान्तमा पढ्छु । पढिरहेको बखत घरका कसैले पनि डिस्टर्ब गर्दैनन् । बाहिर निस्कदा ब्यागमा किताब बोक्ने बानी भएकाले कतै समय समय पाएमा अथवा हस्पिटल, सरकारी कार्यालयमा पढ्छु । किताब पढ्दा समयको कटेको पत्तो हुँदैन ।

कलेजका युवापुस्ताले पढ्नैपर्ने किताब ?
  • हर्मन हेस्सेको Siddhartha, स्पेन्सर जोन्सनको Who Moved my Cheese, रविन शर्माको Who will Cry When you die, मिच आल्बमको Tuesday with Morie, खालेद होसेनीका सबै पुस्तकहरू र भारतीय लेखकमा रोहिन्तन मिस्त्रीका पुस्तकहरू र भर्खर पढ्ने बानी बसाल्न चाहनेका लागि चेतन भगतका पुस्तकहरू युवावयलाई रोचक लाग्न सक्छन् ।