Showing posts with label Features. Show all posts

जस्टिन बिवरसित (ऐति)हाँसिक च्याट !

Features


पहिलेपहिले फेसबुकमा विदेशीसित टुटेफुटेको अंग्रेजीमा खुब च्याट हुन्थ्यो ! नयाँ चीजलाई चलाएर ढुटो पार्ने कसैको बानी हुन्छ, त्यस्तै भयो सायद ! कतिसम्म भने एउटी विदेशी केटीसित यति च्याट भएछ कि उसले आफ्नो ब्वाईफ्रेण्डलाई समेत भुलिछ, उसका फोटाहरु, स्टाट्समा पनि मेरै कमेन्ट्स देख्दो रहेछ । त्यसपछि ब्वाईफ्रेण्डले मलाई म्यासेज लेख्यो, ‘फक यू ! आइल् किल यू !म त डराएर त्यो त्यसकेटीलाई डिलिट गरिदिए । त्यसपछि अरु केही सम्झना छैन ।

क्यालिफोर्नियाकी लिलियनसित बेहोशीमा च्याट गरियो । पहिलो रिक्वेस्ट कसले पठायो थाहा भएन । पहिलो च्याटमै त्यसले मलाई जस्टिनसित भेटाइदिई ! त्यसपछिको केही च्याट पश्चात मलाई डिलिट गरेर लापता भएकी ऊ कहिल्यै भेट भईन । सबै च्याटलाई मिलाएर एउटा कथाबनाउँछु भनेर सोचेको थिएँ, भुसुक्कै बिर्सेछु । आज पुराना फाइलहरु खोल्दा थाहा भयो त्यो ऐतिहासिक च्याटलाई सेभ गरेको रहेछु, अहिले त फेद न टुप्पाको भयो !