जस्टिन बिवरसित (ऐति)हाँसिक च्याट !
Features
पहिले–पहिले
फेसबुकमा विदेशीसित टुटेफुटेको अंग्रेजीमा खुब च्याट हुन्थ्यो ! नयाँ चीजलाई चलाएर
ढुटो पार्ने कसैको बानी हुन्छ, त्यस्तै
भयो सायद
! कतिसम्म भने एउटी विदेशी केटीसित यति च्याट भएछ कि उसले आफ्नो ब्वाईफ्रेण्डलाई
समेत भुलिछ, उसका
फोटाहरु, स्टाट्समा पनि मेरै
कमेन्ट्स देख्दो रहेछ । त्यसपछि ब्वाईफ्रेण्डले मलाई म्यासेज लेख्यो, ‘फक यू ! आइल् किल यू !’ म त डराएर त्यो त्यसकेटीलाई डिलिट
गरिदिए । त्यसपछि अरु केही सम्झना छैन ।
क्यालिफोर्नियाकी लिलियनसित बेहोशीमा च्याट गरियो । पहिलो
रिक्वेस्ट कसले पठायो थाहा भएन । पहिलो च्याटमै त्यसले मलाई जस्टिनसित भेटाइदिई !
त्यसपछिको केही च्याट पश्चात मलाई डिलिट गरेर लापता भएकी ऊ कहिल्यै भेट भईन । सबै
च्याटलाई मिलाएर एउटा ‘कथा’
बनाउँछु भनेर सोचेको थिएँ, भुसुक्कै बिर्सेछु । आज पुराना फाइलहरु
खोल्दा थाहा भयो त्यो ऐतिहासिक च्याटलाई सेभ गरेको रहेछु, अहिले त फेद न टुप्पाको भयो !
.png)
