Showing posts with label कविता. Show all posts

Isolation

Poems


We're a handful of people in the bus
the door and windows are locked
widespread cold within us
we skate through serpentine roads
with each other—
heads dash and bodies collide.
Yet we don't spell any word
and, don't raise our heads for apology.
Through smartphone—
our indifferent eyes are interacting with the world.
Yet we are close enough but isolated,
we are distant but forsaken within ourselves
Like a puppet-
we smile, giggle and pant
we share loves, spill despairs
and, get impregnated with erotica.
If we trapped in these quagmires—
the god would tweet news of our fall.

The Transfiguration

कविता
The kid hasn't slept yet,
He is screaming-
At this intoxicated darkness.
Being cut off
in the family feud.
One day,
he too will have to cut them off.
Here,
disrupted by father's aged cough
I am awake,
The kid and my plight is the same.

Carrying the spanking dreams,
Today, I am troubled.
Trying to be watchful — I wander,
Trying to gather myself together- I trickle,
Within the creases of my soul.

The poetry ripens,
When life goes astray.
The heart rambles,
In lack of the sanctuary.
Dear silence!
Allow me to rest on your lap.
So that, tomorrow
I may be able to wake up
With more strength.

मौनताको आवाज

कविता





  • पावल सिमोन
हे अन्धकार, मेरो परममित्र
तिमीसित अन्तरङका निम्ति फेरि आएको छु
किनभने यौटा सपना बिस्तारै आएर
म सुतिरहेको बेला छोड्यो बीउहरु
र रोपिदियो यौटा कल्पना दिमागमा
मौनताको आवाजभित्र

बेचैनी सपनाहरुमा म एक्लै हिँडे,
गिट्टी छापिएका साँघुरा गल्लीहरुमा
ल्याम्पपोष्टको प्रकाश घेरा मुन्तिर
जाडो र पानीले मैले कठालो फर्काएँ
होर्डिङ्ग बोर्डको चमकले जब मेरो आँखा छोपो
रात विभाजित भयो र छोयो फेरि मौनताको आवाजले
नग्न प्रकाशमा मैले देखेँ
दशौहजार मान्छे, शायद अझ बढी
ति विना ओठले बोलि राख्या’छन्
विना कानले सुनि राख्या’छन्
गीत लेखि राख्या’छन् तर आवाज निक्लिएको छैन
गर्दैनन् कसैले भङ्ग त्यो मौनताको आवाज ।

“मुर्खहरु !” म भन्छु, “तिम्लाई था’छैन–
मौनता क्यान्सर फैलिएझैँ फैलिन्छ ।”
मेरा शब्दहरु सुन, तिम्लाई सिकाउन सकूँला,
मेरा हात समात, गन्तव्यमा पु¥याउन सकूँला,
तर मेरा शब्दहरु वर्षाको शान्त थोपा खसेझैँ
मौनताको इनारभित्र प्रतिध्वनित छन्

मानिसहरु झुकेर प्रार्थना गरे
आफैँले बनाएका ईश्वर अगाडि,
अनि सङ्केत चम्कियो चेतावनीका साथ
चेतावनीले भन्यो–
“भविष्यवाणीका शब्दहरु सडक किनारका पर्खाल,
ठूल्ठूला भवनमा कुँदिएका छन् ।”
त्यसपछि मौनताको आवाजले साउती ग¥यो

अनुवाद : राजेश नतांश

एउटा निस्सार प्रश्न

कविता
म बग्दैछु नदी सरी
निस्सार छन् गन्तव्यहरु
कहाँ पुगेर मेरो अन्त्य हुन्छ
केवल सफलता पाउने आशमा
निस्सार मेरा पदचापहरु एकाएक दौडिरहेका छन्
समयसँगको द्वन्द्व अनि समयकै लाम्टाहरु चुस्दै
आज म दुधे बालकजस्तो भएको छु
भाव विहीन, चेतना विहीन, रस विहीन
त्यसै–त्यसै आँखाहरुमा आँशुका धाराहरु बग्दछन्
असफलताका, असन्तुष्टीका अनि रिस र आवेगहरुका
थाहा छैन म कुन कालखण्डको मान्छे थिए
अहिले कुन कालखण्डमा छु ?

सारा दुनियाँ स्वार्थी छन्,
स्वार्थीहरुको भीडसँगै बग्दैछु
एक्लो यन्त्रझैं यन्त्रवत् भैसकेको छु
के मेरो उत्पादनले सन्तुष्टी देला ?

भावनाहरुसँग नजिकिन खोज्छु,
व्यक्त गर्न सक्दिन ती भावनाहरु
आत्मियतामा गाँसिन चाहन्छु,
वेदनाको भुमरीमा परी बञ्चित हुन्छु
यी निमुखा ओठहरुमा हाँसोका विम्बहरु उतार्न खोज्छु
सबै व्यर्थ छन् पीडाहरुसँग दीर्घ सम्झौता गरिसकेको छु

आज संसार निस्सार लाग्छ
सबै कुरा निस्सार लाग्छ
केवल बाँच्न र खानको लागि संघर्ष
उफ !! फेरी पनि सबै कुरा निस्सार लाग्छन्