जस्टिन बिवरसित (ऐति)हाँसिक च्याट !

12:31:00 AM , 1 Comments



पहिलेपहिले फेसबुकमा विदेशीसित टुटेफुटेको अंग्रेजीमा खुब च्याट हुन्थ्यो ! नयाँ चीजलाई चलाएर ढुटो पार्ने कसैको बानी हुन्छ, त्यस्तै भयो सायद ! कतिसम्म भने एउटी विदेशी केटीसित यति च्याट भएछ कि उसले आफ्नो ब्वाईफ्रेण्डलाई समेत भुलिछ, उसका फोटाहरु, स्टाट्समा पनि मेरै कमेन्ट्स देख्दो रहेछ । त्यसपछि ब्वाईफ्रेण्डले मलाई म्यासेज लेख्यो, ‘फक यू ! आइल् किल यू !म त डराएर त्यो त्यसकेटीलाई डिलिट गरिदिए । त्यसपछि अरु केही सम्झना छैन ।

क्यालिफोर्नियाकी लिलियनसित बेहोशीमा च्याट गरियो । पहिलो रिक्वेस्ट कसले पठायो थाहा भएन । पहिलो च्याटमै त्यसले मलाई जस्टिनसित भेटाइदिई ! त्यसपछिको केही च्याट पश्चात मलाई डिलिट गरेर लापता भएकी ऊ कहिल्यै भेट भईन । सबै च्याटलाई मिलाएर एउटा कथाबनाउँछु भनेर सोचेको थिएँ, भुसुक्कै बिर्सेछु । आज पुराना फाइलहरु खोल्दा थाहा भयो त्यो ऐतिहासिक च्याटलाई सेभ गरेको रहेछु, अहिले त फेद न टुप्पाको भयो ! 


#लिलीयन : हाई, तिमी को हौ ?

म : डियर म कोही होइन, एक नेपाली हुँ ।

#लिलियन :  ठिक छ, त्यसो भने मलाई डियर नभन !

म : हुन्छ । तिम्रै इच्छा !

#लिलियन : मैले आज जस्टिन बिवरलाई भेटेँ । मलाई केही मतलब छैन अब ! हिहिहि ! मैले उसलाई भेटेँ ।

म : गजब भएछ !

#लिलियन : मैले एउटा प्रतियोगिता जितेर जस्टिनलाई भेटेको हुँ । ऊ अहिले मेरो बाथरुममा छ ।

म : कस्तो प्रतियोगिता ? मलाई पनि जस्टिनको गीत मनपर्छ ।

#लिलियन : मैले दुई हप्तामा ५० चोटी प्रतियोगितामा भाग लिएको थिएँ । यसको मूल्य ९९ सेन्ट मात्र थियो । ऊ अहिले बाथरुपमा छ । ऊ निस्कियो ! म ढाँटिरहेको छैन !

म : म विश्वास गर्दिन ! जस्टिन जस्तो सेलिब्रेटी तिमीसित कसरी हुन सक्छ ?

#लिलियन : जस्टिन बिवर अमेरिकामा ठूलो हुँदैन ।

म : मलाई नढाँट । म ढटुवा मनपराउँदिन !

#लिलियन : ढाँटलाई म घृणा गर्छु त्यो बेमतलबी र बेतुकको हुन्छ ! जस्टिन र मैले सँगै खिचेकोका फोटाहरु पोस्ट गर्छु अब ।

म : ल ठिक छ ! त्यसो भए म हेरुला !

#लिलियन :  ओके । ऊसित कुरा गर्छौं ? मैले उसलाई तिमीसित गफ गर्न दबाब दिएकी छु ।

म : गरुम् न त !

#लिलियन : उसले 'हुन्छ' भन्यो !

म : ओके

#जस्टिन : तिमी मेरा फ्यान हौ ?

म : हो !

#जस्टिन : लिलियले भनेकी तिमी नेपालबाट हौ ?

म : हो । म तिम्रा फ्यान हुँ । यहाँ तिम्रा फ्यानहरु धेरै छन् । भगवान्ले तिम्रो रक्षा गरुन् ।

#जस्टिन :  वाह ! कूल !

म : तिमीले संगीत जगत्मा सफलता पाउने छौं ।

#जस्टिन : म कति प्रचलित छु त नेपालमा ?

म :  Eenie meenie miney mo
Catch a bad chick by her toe
If she holla' (if, if, if she holla) let her go.
म बजाइरहेको छु ।
#जस्टिन : मलाई मनपर्ने गीतमध्ये यो पर्छ । सिनले लेखेको यो गीत रेकर्ड गर्दा मजा भएको थियो ।

म : हो त गीत राम्रो छ । जस्टिन तिमी कता बस्छौं ?

#जस्टिन : तिमीसित कुरा गरेर खुसी लाग्यो । अमेरिकामा ठूलो छुइनँ । म केही भन्न सक्दिनँ ।

म : तिम्रा परिवारका कति सदस्य छन् ?

#जस्टिन : एउटा सानी बहिनी मात्र छे ।
म : किन नभन्ने ? म तिम्रो फ्यान जो हुँ, मसित अधिकार छ !

#जस्टिन :  म अलान्टामा बस्छु मात्र भन्न सक्छु ।

म : ओह ! तिम्लाई फ्यानहरु ह्याण्डल गर्न गाह्रो लाग्दैन ?

#जस्टिन : म आफ्ना फ्यानहरुलाई माया गर्छु ।

म : धन्यवाद । अनि तिम्रा भविष्यका योजनाहरु के छन् ?

#जस्टिन : फ्यानहरुका लागि सरप्राइज हुनेछ ।

म : ए ! तिम्रो गर्लफ्रेण्ड छ ? नेपालमा धेरै केटीहरुले तिम्लाई मनपराउँछन् ।

#जस्टिन : राम्री र हट केटीहरु त कति छन् कति ! तर म आफ्नो प्राइभेट कुरा कसैलाई भन्दिनँ ।

म : ओके ! तिम्रो अब आउने गीत कस्तो छ ?

#जस्टिन : म रिहन्ना र बियोन्सेसित गाउँदैछु । र अहिले यो फ्यानहरुका लागि सरप्राइज छ ।
विदा ! भेट्दै गरौं ।

[ लिलियन इज अफलाइन ]


नयाँ पुस्तक, पत्रपत्रिका पढ्न, फिल्म हेर्न अब्सेसिभ छु । केही क्रियटिभ कुरा फुर्यो भने ब्लग लेख्ने गरेको छु । तपाईजस्तै म पनि आफ्नो पहिचान र स्पेश खोज्ने योद्धा हुँ ।

1 comment: