डोरियनको खौफनाक पोट्रेट
I
sent my soul through the invisible,
Some
letter of that After-life to spell;
And
by and by my soul return'd to me.
And
answer'd: "I myself am Heaven and Hell."
अस्कर
वाइल्डको उपन्यास ‘द पिक्चर
अभ् डोरियन ग्रे’ले सुन्दरता
र त्यसबाट उब्जेका
भीषण घटनाहरुको चलचित्र
देखाउँछ । आफ्नै
सुन्दरताको कारण पतित
बनेको डोरियनको वास्तविकता
र बेलायति अद्यौगिक
क्रान्तिसँगै उब्जिएको नास्तिकवादको पराकाष्टाले
पाठकहरुलाई दिग्भ्रमित पार्छ ।
उपन्यासले अर्काको लहैलहैमा लागेर
आफ्नो सोच, व्यवहार,
विश्वास र दिनचर्या
परिवर्तन गर्ने एउटा सोझो
केटाको भयावह रुपलाई पनि
देखाउँछ ।
बेसिल
हवार्ड चित्रकार हुन्छ ।
उसले आफ्नो जीवनकै
सुन्दर पोट्रट बनाएको हुन्छ
जुन डोरियन ग्रेको
हुन्छ । जसलाई
एउटा पार्टीमा भेटेको
हुन्छ । उसलाई
भेट्नासाथ बेसिल उसको सुन्दरता
र निर्दोषीपनादेखि आर्कषित
हुन्छ । यतिखेरै
उसको चित्र बनाउने
उत्कण्ठा जाग्छ । लर्ड
हेनरी वटन एक
अराजक प्रवृत्तिको मान्छे
हुन्छ । उसले
बेसिलको सो चित्र
मन पराउँछ र
त्यसलाई प्रर्दशनिमा राख्न भन्छ
तर बेसिलले सो
चित्रलाई सामान्य चित्र भन्दा
पनि बढी मान्यता
दिएको हुन्छ ।
उसले आफूलाई त्यो
चित्रमा समाहित गराएर बनाएको
हुन्छ । ऊ यसकार्यलाई सिर्जनाकर्म भन्दा
पनि आराधाना मान्छ
। त्यसकारण, ऊ
प्रर्दशनीमा राख्न चाहदैन ।
यत्तिकैमा डोरियनको प्रवेश हुन्छ
। बेसिलले
डोरियनलाई आफ्नो कुप्रभावमा नपार्न
आग्रह गर्छ ।
बेसिल डोरियनको सुन्दरतालाई
हेनरीको विरोधाभाषी विचारहरु र
प्राक्टीक्सबाट बिगार्न चाहदैन ।
बेसिल
चित्रलाई अन्तिम रुप दिन
डोरियनलाई छेऊमा राख्छ ।
कुराकानीको बीचमा डोरियनलाई लर्ड
हेनरीको कुप्रभावबाट बच्न सचेत
गराउँछ । चित्र
बनाईरहँदा लर्ड हेनरी
डोरियनलाई बगैँचामा लाग्छ ।
त्यहाँ उसले डोरिएको
उमेर र सुन्दरताको
गुणगान गाउँछ तर सुन्दरताको
ओइल्याईजाने नियतिप्रति चेतावनी पनि
दिन्छ :
When your youth goes, your beauty will go with it, and then you will suddenly discover that there are no triumphs left for you, or have to content yourself with those mean triumphs that the memory of your past will make more bitter than defeats. Every month as if wanes brings you nearer to something dreadful. Time is jealous of you, and war against your lilies and your roses. You will become sallow, and hollow-cheecked, and dull eyed. You will suffer horribly..
When your youth goes, your beauty will go with it, and then you will suddenly discover that there are no triumphs left for you, or have to content yourself with those mean triumphs that the memory of your past will make more bitter than defeats. Every month as if wanes brings you nearer to something dreadful. Time is jealous of you, and war against your lilies and your roses. You will become sallow, and hollow-cheecked, and dull eyed. You will suffer horribly..
ऊ
डोरियनलाई अराजक भएर जिउन
सिकाउँछ ।
आफ्नो जीवनमा आनन्द
र उत्तेजना खोज्दै
बिताउनुपर्ने भन्छ तबमात्र
सुन्दरताको
सार्थकता हुने इङ्गित
गर्छ :
Live! Live the wonderful life
that is in you! Let nothing be lost upon you. Be always searching for new
sensations. Be afraid of nothing…..
बेसिलले
डोरियनको चित्र बनाइसकेको हुन्छ
। लर्ड हेनरीले
बेसिलको चित्रलाई आधुनिक समयको
उत्कृष्ट पोट्रट भन्छ ।
तर डोरियन खुसी
हुँदैन । उसलाई
चित्रदेखि होइन आफ्नो
क्षणभङ्गुर सुन्दरतादेखि दुःख लाग्छ
। समयसँगै आफ्नो
शरीरबाट सुन्दरता हराउने वा
छालाहरु चाहुरिने तर चित्र
केही नहुने र
जहिल्यै युवक देखिने
नियतिप्रति खेद व्यक्त
गर्छ, सराप्छ ।
ऊ लर्ड हेनरीको
सुन्दरताको सम्बन्धमा दिएको चेतावनी
सम्झन्छ, उसलाई जीवनदेखि नै
प्रकारको बितृष्णा पैदा हुन्छ
।
Oscar Wilde |
डोरियन आत्मासित सधैं
चित्रजस्तै हुने अपेक्षा
राख्छ । यही
अपेक्षा उसका लागि
टड्कारो सावित हुन्छ । बेसिलले
त्यो पोट्रेट डोरियनलाई
उपहार स्वरुप दिन्छ
। लर्ड हेनरी
डोरियनसँग प्रथम
भेटसँगै उसको बारेमा
अझ खोज गर्न
थाल्छ । सायद
उसनलाई डोरियनको विगत जान्न
हुटहुटी भएको थियो
। डोरियनकी आमा
एउटा गरिब सैनिकसित
पोइला गएकी हुन्छे
। उसका बुवा(डोरियनको हजुरबुवा)ले
आफ्नो पति(ज्वाँइ)लाई षड्यन्त्र
रचेर मारिदिन्छ ।
त्यसपछि आमा पनि
मर्छिन् । यसरी
डोरियन हजुरबुवाको क्रुर रेखदेख
र आमाबाबुको प्रेम
विना हुर्किएको हुन्छ
। लर्ड हेनरीले
सबै थाहा पाउँछ
।
लर्ड
हेनरीको सुझावमा ‘जीवनका सबै
आयामबारे थाहा पाउन’
डोरियन गरिब झुपडपट्टीहरुमा
भौतारिदै हुन्छ । त्यहाँ
उसले सिबिल भेनलाई
भेट् । सिबिल
सानो रङ्गमञ्चमा शेक्सपियरका नाटकहरुमा
नायिकाको रुपमा खेल्ने गर्छे
। ऊ सिबिलको
नाटकीय कौशल र
सुन्दरतादेखि मोहित हुन्छ, प्रेममा
पर्छ । डोरियन
सिबिलको नाट्यकौशलको परख गर्दैै
लर्ड हेनरी र
बेसिललाई सुनाउँछ । वास्तवमा
डोरियनलाई सिबिल मञ्चमा उत्रिदा
ती किताबी पात्रहरु
साक्षात् उपस्थित भएको लाग्छ
। सिबिल पनि
डोरियनलई मन पराउन
थाल्छे, झन् डोरियन
त सबै युवतिको
चाहनामा पर्छ ।
सिबिललाई मन नपर्ने
कुरै भएन ।
ऊ डोरियनलाई ‘प्रिन्स
चार्मिङ) भनेर बोलाउँछे
। यति सम्मकी
डोयिनको विपक्षमा खडा हुने
आफ्नै दाजु जेम्ससित
पनि प्रतिकारमा उत्रन्छे
। जेम्सले उसलाई
डोरियनदेखि टाढै रहन
भन्छ ।
सिबिल
नाटकीय प्रेमबाट आजित हुन्ेछ
। नाटकको नक्कली
प्रेमले ऊ अघाएकी
हुन्छे । अब
ऊ नाटक छोडेर
डोरियनको सक्कली प्रेममा चुर्लुम्म
डुब्न चाहन्छे ।
त्यसपछि नाटकमा खराब प्रस्तुति
देखाउन थाल्छे । यता,
डोरियन सिबिलको नाट्य क्षमताको
कारण ले नै
प्रेममा परेको हुन्छ ।
सिबिलले नाटक छाड्ने
निर्णय र अप्रत्यासित
खराब प्रस्तुतिले डोरियन
आक्रोशित हुन्छ । साथीहरु
बेसिल र लर्ड
हेनरीको छेऊमा आफ्नो मानमर्दन
भएकोमा झोक्किन्छ । त्यसपछि
उसले सिबिललाई गाली
गर्छ र क्रुरतापूर्वक
प्रेम सम्बन्धलाई टुक्र्याउँछ
।
घरमा
उसले आफ्नो पोट्रेट
परिवर्तीत भएको पाउँछ
। पोट्रेटबाट सुन्दरता
क्रमशः हराउँदै गरेको प्रतीत
हुन्छ । उसले
चित्रमा उपेक्षापूर्ण र व्यङ्ग्यात्मक
संरचना विद्यमान भएको भेट्टाउँछ
। उसको
पाप क्यानभासमा
देखिएपछि ऊ हतप्रभ
हुन्छ र सिबिलसित
माफी मागेर फेरि
सम्बन्ध विकसित गर्न खोज्छ
। तर यता,
लर्ड हेनरीले सिबिलले
आफ्नो प्राण त्योगेको
(आत्महत्या) दुःखद खबर ल्याउँछ
। यो खबर
सुन्नासाथ ऊ पश्चतापको
प्रलायग्नीमा जल्छ ।
माफी माग्न नपाएकोमा
उसको हृदय पोल्न
थाल्छ । तर
लर्ड हेनरीले आफ्नो
अराजक दर्शनले डोरियनलाई
उक्साउँछ :
"No, she will never come
to life. She has played her last part. But you must think of that lonely death
in the tawdry dressing-room simply as a strange lurid fragment from some
Jacobean tragedy, as a wonderful scene from Webster, or Ford, Cyril Tourneur.
The girl never really lived, and she has never really died. To you at least she
was always a dream, a phantom that flitted through Shakespeare' plays and left
them lovelier for its presence, a reed through which Shakespeare's music
sounded richer and more full of joy. The moment she touched actual life, she
marred it, and it marred her, and so she passed away. Mourn for Ophelia, if you
like. Put ashes on your head because Cordelia was strangled. Cry out against
Heaven because the daughter of Brabantio died. But don't waste your tears over
Sibyl Vane. She was less than the are."
त्यसपछि
ऊ सम्पूर्ण ग्लानी, पश्चताप,
पाप र पुण्यलाई
बिर्सिई झन् क्रुर
बन्छ र उत्तेजनामा
रमाउन थाल्छ ।
त्यसपछि डोरियनले आफ्नो पोट्रेटलाई
माथिल्लो तल्लामा लुकाउँछ ताकि
उसले खौफनाक र
पतीत वा कायापलट
कसैले नदेखून् ।
लर्ड हेनरीले १९
औं शताब्दीका डरलाग्दा
पहेँला दर्शनका किताब(द
यलो बुक)हरु
डोरियनलाई पढ्न दिन्छ
। अब डोरियन
झन् पाप र
भ्रष्टतामा डुब्छ
। त्यसपछि ऊ
आफ्नो जीवन क्षणिक
आनन्द र उत्तेजनामा
जीउँछ र तमाम
पारम्पारिक नैतिकता र पापपछिका
परिणामलाई भुल्छ ।
१८
वर्षपछि डोरियनको सामाजिक प्रतिष्ठामा
दाग लागेर गन्धे
भइसकेको हुन्छ । उसका
मुखुन्जी र पछाडि
कुरा काट्नेहरु बिगबिगी
हुन्छन् । कारण
समकक्षी बेसिल र लर्ड
हनेरी बुढ्यौतिर लम्कदै
हुन्छन् तर ऊ
अझ सुन्दर र
यौवनल भरिपूर्ण देखिने
हुन्छ । ऊ जस्ताको त्यस्तै हुन्छ
जस्तो १८ वर्ष
पहिलो थियो ।
समाजमा कुरा काटिन्छन्,
‘यो मान्छे किन
बुढो हुँदैन ?’ वास्तवमा
उसको यौवन नगल्नुमा
पेन्टिङको हात हुन्छ
। उसको पेन्टिङ
चैं प्रतिदिन डरलाग्दो,
घीनलाग्दो र सड्दै
गरेको हुन्छ जसलाई
उसले समाजको आँखाबाट
वर्षौ अघिदेखि लुकाएर
राखेको हुन्छ ।
एक
रात बेसिल डोरियनको
घरमा जान्छ ।
कारण, डोरियनको खराब
चर्चा र हल्लाहरुले
उसलाई व्यथित तुल्याउँछ
। उसको भेटको
एकमात्र ध्येय हल्लाहरुका गाँठीकुरा
बुझ्न सकियोस् र
डोरियनलाई सान्त्वना दिन सकियोस्
भन्ने हुन्छ ।
तर बेसिलले आफ्नो
पोट्रेट डोरियनको घरमा झुण्डिएको
देख्दैन । पछि
सो पेन्टिङलाई पेरिशमा
प्रर्दशनमा राखिने बुझेपछि डोरियनले
पेन्टिङलाई देखाउने तर प्रदर्शनमा
राख्न नदिने अड्डी
कस्दै देखाउन सहमत
हुन्छ । यहाँनेर,
डोरियन आफ्नो कुरुप पेन्टिङमा
देखिने डरले हच्किएको
प्रतीत हुन्छ । त्यसपछि,
बेसिल आफ्नो पेटिङ
हेरेर भयभित हुन्छ
र डोरियनलाई पापको
प्रायश्चित गर्न आग्रह
गर्छु । तर
डोरियन ढिलो भयो
भन्दै रिसको चरमोत्कर्षमा
बेसिलाई मार्छ ।
त्यसपछि
डोरियनले रासायनिक/जैविक विज्ञ
अलान चाम्पबेललाई जीवन
र मरणको सवाल
भन्दै बोलाएर ललाई–फकाई र
डर देखाई बेसिलको
शव सफलतापूर्वक दफनाउँछ
। बेसिलको हत्याबाट
स्वतन्त्र भएको डोरियन
सिबिलको दाजु जेम्सबाट
लखेटिन्छ । सुरुमा
जेम्सबाट छक्किएर भागेपनि उसको
छायाँले लखेटिराख्छ, ऊ हतप्रभ
हुन्छ । त्यसपछि
एक शिकार गर्ने
खेलमा दूर्घटनावश बन्दुकबाट
जेम्स मारिन्छ र
पुनः डोरियन भयबाट
आजाद हुन्छ ।
अराजकताको
शिखरमा पुगेको ऊ सम्पूर्ण
परिस्थिति देखि हार्छ
। अन्त्यमा, उसले
आफ्नो पेन्टिङलाई समाप्त
पार्ने तीब्र मनशायले बेसिललाई
मारेको छुरीले प्रहार गर्छ
। त्यसपछि ठूलो
चिच्याहट सुनिन्छ । नोकरहरु
माथिल्लो तल्लामा दौडिन्छन् र देख्छन्
:
पेन्टिङमा
कुनै पनि खत
नलागेको तर डोरियनको
शरीर बुढो, घिनलाग्दो,
गनाउने र डरलाग्दो
भएर भुइँमा लडिरहेको
हुन्छ । छातिमा
आफैंले हानेको छुरी घोपिरहेको
हुन्छ ।
0 comments: