मौनताको आवाज

4:55:00 AM 0 Comments






  • पावल सिमोन
हे अन्धकार, मेरो परममित्र
तिमीसित अन्तरङका निम्ति फेरि आएको छु
किनभने यौटा सपना बिस्तारै आएर
म सुतिरहेको बेला छोड्यो बीउहरु
र रोपिदियो यौटा कल्पना दिमागमा
मौनताको आवाजभित्र

बेचैनी सपनाहरुमा म एक्लै हिँडे,
गिट्टी छापिएका साँघुरा गल्लीहरुमा
ल्याम्पपोष्टको प्रकाश घेरा मुन्तिर
जाडो र पानीले मैले कठालो फर्काएँ
होर्डिङ्ग बोर्डको चमकले जब मेरो आँखा छोपो
रात विभाजित भयो र छोयो फेरि मौनताको आवाजले
नग्न प्रकाशमा मैले देखेँ
दशौहजार मान्छे, शायद अझ बढी
ति विना ओठले बोलि राख्या’छन्
विना कानले सुनि राख्या’छन्
गीत लेखि राख्या’छन् तर आवाज निक्लिएको छैन
गर्दैनन् कसैले भङ्ग त्यो मौनताको आवाज ।

“मुर्खहरु !” म भन्छु, “तिम्लाई था’छैन–
मौनता क्यान्सर फैलिएझैँ फैलिन्छ ।”
मेरा शब्दहरु सुन, तिम्लाई सिकाउन सकूँला,
मेरा हात समात, गन्तव्यमा पु¥याउन सकूँला,
तर मेरा शब्दहरु वर्षाको शान्त थोपा खसेझैँ
मौनताको इनारभित्र प्रतिध्वनित छन्

मानिसहरु झुकेर प्रार्थना गरे
आफैँले बनाएका ईश्वर अगाडि,
अनि सङ्केत चम्कियो चेतावनीका साथ
चेतावनीले भन्यो–
“भविष्यवाणीका शब्दहरु सडक किनारका पर्खाल,
ठूल्ठूला भवनमा कुँदिएका छन् ।”
त्यसपछि मौनताको आवाजले साउती ग¥यो

अनुवाद : राजेश नतांश

नयाँ पुस्तक, पत्रपत्रिका पढ्न, फिल्म हेर्न अब्सेसिभ छु । केही क्रियटिभ कुरा फुर्यो भने ब्लग लेख्ने गरेको छु । तपाईजस्तै म पनि आफ्नो पहिचान र स्पेश खोज्ने योद्धा हुँ ।

0 comments: