शब्दचित्रमा मिस्टर बिन

2:16:00 AM 0 Comments



हाँस्यकलाकार तथा पटकथा लेखक रोवन सेबास्टीयन आटकिन्सन उर्फ मिस्टर बिन (पात्रले जुराइदिएको नाम) को जन्म सन् १९५५ जनवरी ६ तारिखमा इङल्यान्डमा भयो । अहिले ५८ वर्षमा हिँड्दै गरेका उनी  किसान परिवारमा जन्मिएका थिए । मिस्टर बिनले बेलायती पूर्व प्रधानमन्त्री टोनी ब्लेयर पढेको प्राथमिक विद्यालयमा आफ्नो शिक्षा आरम्भ गरे । पछि न्यूक्यासल युर्निर्भसिटीमा इलेक्ट्रीकल इन्जिनियर पढ्नका लागि पठाइए । अन्त्यमा अक्सफोर्ड युनिर्भसिटीबाट स्नात्तकोत्तर सिध्याए । अक्सफोर्ड पढ्दाताकै उनको कला यात्रा सुरु भयो, जसका फिल्म, टेलिफिल्म, रेडियो कार्यक्रमहरू सुन्दै÷हेर्दै हामी पेट मिचिमिची हाँस्छौँ अथवा हाँसेर डल्लो पर्न बाध्य पारिन्छौँ ।


अध्ययनरत अवस्थामै उनी अक्सफोर्ड युनिर्भसिटी ड्रामाटिक सोसाइटी र दी इक्सपेरिमेन्टल थिएटर क्लबमा जोडिए, जहाँ उनले हास्यजगत्को भीमकाय जीवलाई समात्न पुगे । प्राविधिक विषय पढेका उनी ग्राजुएसनपछि आफ्नो ऐच्छिक क्षेत्रमा लाग्नुको साटो उनी हास्यकलाकार एन्गस डेइटनसित जोडि बाँधिए, भ्रमण गर्न थाले । क्रमशः उनीहरूका प्रहसन टेलिभिजनका लागि फिल्मकृत गरियो । विस्तारै उनीहरू आफ्नै देशमा चिनिन थाले । मानिसहरू उनका प्रहसन हेर्न लालायित हुन थाले । उनीहरूको नट द नाइन ओक्लक न्यूजअन्ततः सर्वाधिक चर्चित भयो । त्यसपछि मिस्टर बिन यूकेमा सेलिबे्रटीमा दरिए ।

त्यसपछि उनी आधा घन्टाको टेलिफिल्म मिस्टर बिनमा देखा परे । यो टेलिफिल्मले उनको सफलताको रेखालाई अझ तन्काइदियो । स्वदेशी तथा विदेशी टेलिभिजनहरूमा ती शृङ्खलाहरू प्रसारण गरिए । यसप्रकारको सनसनीपूर्ण मिस्टर बिनको मागले ठूलो पर्दाका हिट फिल्महरू दिएफन्डामेन्टल फ्रोलिक्ज्, द सिक्रेट पलिसम्यान्ज् अदर बल, डेड अन टायम, नेभर सेइ नेभर अगेन, दी अपोइमेन्टज् अभ् डेनिस जेनिङ्गस्, द टल गाइ, द वीचेज्, द ड्राइभर म्यान, हट सट्ज् पार्ट ड्यूक्स, फोर वेडिङ एन्ड फ्युनरल, बिन, मेइबी बेबी, र्याट रेस, स्कोबी डू, जोन्नी इङलिस, एक्चोअली, किपिङ मम, मिस्टर बिन्ज् होलिडेई, जोनी इङ्लिस रिबन । सन् १९८० को दशकमा मिस्टर बिनले सुनेत्रा शास्त्रीलाई भेट्टाए, उनी बिबिसीकी मेकअप आर्टिस्टमा कार्यरत थिइन् । शास्त्री भारतीय बुबा र बेलायती आमाकी छोरी थिइन् । यी दुई जोडी सन् १९९० फ्रेब्रुअरी ५ तारिखका दिन विवाह बन्धनमा बाँधिए । उनीहरूका दुई छोराछोरी पनि रहेका छन् ।

मिस्टर बिनको हास्य अभिनय प्रायः बाहिरी हाउभाउमा आधारित हुन्छन्् । उनका फिल्महरूमा संवादहरू त्यति हुँदैनन् । उनी हास्य हाउभाउकै माध्यमबाट दर्शक हँसाउन माहिर छन् । यसै खुबीका कारण रङ्गमञ्चमा उनलाई रबरको अनुहार भएको मान्छेभन्ने उपमा  दिइएको छ ।
मिस्टर बिनका धेरै किस्साहरू सुन्न पाइन्छन् । मिस्टर बिन सन् २००५ मा राजकुमार चाल्र्सको विवाहमा पाहुना भएर गएका थिए । मिस्टर बिनकी छोरी लिलीले मिस्टर बिन्ज होलिडेईमा अभिनय गरेकी थिइन् । मिस्टर बिनको टाउको टर्कीमा फसेको थियो, जुन अत्यधिक हास्यात्मक दृश्य बनेको थियो ।

यता, पात्रको नामलै चिनिएका मिस्टर बिन अब सो पात्रबाट सन्यास लिँदैछन् । हालै उनले डेली टेलिग्राफमार्फत् यस्तो घोषणा गरेका छन्, ‘मेरो लागि मिस्टर बिन पात्र व्यापारिक  रूपमा छिमल रह्यो । विशेषगरी गतिलो हाउभाउ र बचपना देखाउन । मलाई अब धेरै गर्नु आवश्यक लाग्दैन । जब शरीरको क्षमताले निषेध गर्न थाल्छ । म यसो सोच्न थाल्छु, पात्रको पचासौँ वर्षमा बच्चाजस्तै हुनु, दुःखलाग्दो हुनसक्छ ।

उमेरको यतो बढ्दो सिलसिला सँगै अब मिस्टर बिन कसरी प्रस्तुत हुने हुन् ? हेर्दै जाम्, हाँस्तै जाम् !

नयाँ पुस्तक, पत्रपत्रिका पढ्न, फिल्म हेर्न अब्सेसिभ छु । केही क्रियटिभ कुरा फुर्यो भने ब्लग लेख्ने गरेको छु । तपाईजस्तै म पनि आफ्नो पहिचान र स्पेश खोज्ने योद्धा हुँ ।

0 comments: